Friday, December 23, 2011

राजनैतीक मुल्य र मन्यताका खोक्रा पगरी गुथेका समाजका यी धमिरहरुलाई निम्ट्यान्न पार्ने औषधी के?




लेखक रमेश बिकलद्वारा रचित उपन्यास 'सागर उर्लन्छ सगरमाथा छुन'
मा कृष्णराजा नामक एक सह नायक हैइनरिख नामक मुख्य पात्र लाई भन्दै -
         टाढा बाट हेर्दा सुर्यको प्रकाशमा काँचको  टुक्रो पनि हीराजस्तै चम्क्न्छ।सगरमाथाको शिखर पनि घाममा  चम्क्न्छ र टाढा बाट हेर्दा अत्यन्त मनमोहक सुनको गजुरझै लाग्छ;चाँदीको पर्वतझै टल्क्न्छ। तर त्यसको नजिक पुगेपछी जब हीउँले हातखुट्टाका का औँला झारिदिन्छ, त्यसक  भयङ्कर भीरहरु मान्छेका चिहान बन्छन अनी थाहा हुन्छ यसको असल ,सक्कली अनुहार कस्तो हुन्छ।तपाई र तपाईजस्ता भावुक विदेशीहरु  मेरो देशको जुन सुन्दर, शान्त र विशाल व्यक्तित्व देख्नु हुन्छ,त्यो अहिले त टाढा बाट काँच हीरझैं टल्केजस्तो मात्र भएको छ। नजिकबाट हेर्दा यसको सुन्दर्,शान्त र भव्यतालाई भित्रभित्रै धमिराले खोक्राइसकेको वा मुसाले खोक्राइसकेको थाहा हुन्छ।ती मुसा र धमिरा हुन यस देशको भ्रस्ट प्रशासन,पतनशील सत्ता र त्यस सत्ताद्वारा पोशित देश र समाजका घातक  तत्व,अनी तिनैका छत्रछाया मुनी पलिएका जुम्राहरु।

 

No comments:

Post a Comment